काठमाडौं । पपुवा न्युगिनीमाथी नेपालले सानदार जित हासिल गरेको छ ।
आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले ४७.१ ओभारमा नै अलआउट गर्दै ५२ रनले जित हासिल गरेको हो
४७.१ ओभरमा ५५ बलमा ६० रन बनाएर खेलिरहेका नोमन भानुवा रनआउट भएपछि पीएनजी २४५ रनमा अलआउट भयो । खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पीएनजीविरुद्धको एकै खेलमा चार विकेट लिए ।
खेलको ४२औं ओभरमा सन्दीप लामिछानेले व्यक्तिगत चौथो र टीमका लागि आठौं विकेट लिएका थिए । उनले यो ओभरमापनि मात्र २ रन खर्चिए । ४३.४ औं ओभरमा पीएनजी ९ विकेट गुमाएर २१७ रन बनाउन सफल भएको थियो । ४३.४ ओभरमा पीएनजीले नवौं विकेट गुमायो । एलेइ नेउ २ रन बनाएर रनआउट भए ।
कप्तान रोहितकुमार पौडेलले उनलाई रनआउट गरेका हुन् । पपुवा न्युगिनीलाई नेपालले २९८ रनको लक्ष्य दिएको थियो ।
३६ औं ओभर सन्दीपले मेडन ओभर बनाए । सन्दीप लामिछानेले यो ओभरमा कुनै रन खर्चेनन् ।
३४.६ ओभरमा पीएनजीको सातौं विकेट गुमेको थियो । कुशल मल्लले कप्तान असद भालालाई ४२ रनको स्कोरमा आउट गरे ।
यो खेलमा सन्दीपले एक ओभरमा नै लगातार दुई विकेट लिए । ३३ ओभरमा सन्दीप लामिछानेले २ विकेट लिएर मात्र २ रन दिए । क्रिजमा आएका चाड सोपरलाई सन्दीपले कुशल भुर्तेलको हातबाट क्याचआउट गराए ।
यसैगरी सन्दीप लामिछानेले आफ्नो दोस्रो विकेट लिँदा पीएनजीले पाँचौं विकेट गुमायो । हिरी हिरी १६ बलमा ८ रन बनाएर बोल्ड आउट भए । खेलको १५ औं ओभरमापनि सन्दीप लामिछानेले आफ्नो पहिलो विकेट लिएका थिए । त्यो ओभरमापनि सन्दीपले मात्र २ रन खर्चिए ।
३२.३ ओभरमा भर्खरै क्रिजमा आएका चाड सोपरलाई सन्दीपले कुशल भुर्तेलको हातबाट क्याचआउट गराए । २७.२ ओभरमा पीएनजीले चौथो विकेट गुमायो । दीपेन्द्रसिंह ऐरीले चाल्र्स अमिनीलाई बोल्ड आउट गरे । १५ ओभरमा सन्दीप लामिछानेले १ विकेट लिएर २ रन खर्चिए ।
१४.३ ओभरमा सन्दीप लामिछानेको बलमा कुशल भुर्तेलले क्याचआउट गर्नुअघि टोनी उराले ४४ बलमा ९ चौका प्रहार गरे । १३.३ ओभरमा दीपेन्द्रसिंह ऐरीले आफ्नो पहिलो ओभरमै नेपाललाई विकेटको सफलता दिलाए । सेसे बाउ ३ रन बनाएर सोमपाल कार्मीको हातबाट क्याचआउट भए । ११.२ ओभरमा कुशल मल्लको बलमा रन लिने प्रयासमा डोरिगालाई दीपेन्द्रसिंह ऐरीले रनआउट गरेका थिए । यही विकेटबाट नेपालको सफलता सुरु भएको थियो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले आसिफको ११० रन मद्दतमा ४९.१ ओभरमा सबै विकेट गुमाएर ओडीआईमा अहिलेसम्मकै उच्च स्कोर २९७ रन बनाएको थियो । ब्याटिङतर्फ आसिफ शेखको ११० रनको शतकीय प्रदर्शन तथा बलिङमा सन्दीप लामिछानेको ४ विकेट सहयोगमा नेपालले पीएनजीमाथि सहज जित हासिल गरेको हो । कुशल मल्लले १० ओभरमा ६० रन खर्चेर १ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ९.१ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । सन्दीपले १० ओभरमा १ मेडन राख्दै ३७ रन खर्चेर ४ विकेट लिए ।
नेपालले यो शृंखलाको आफ्नो दोस्रो खेल आइतबार यूएईसँग खेल्नेछ भने सोमबार पुनः पपुवा न्युगिनीसँग खेल्नेछ । त्यस्तै अर्को विहीबार पुनः यूएईसँग खेल्नेछ । पछिल्लो ९ खेलमा नेपालले आठौं जित हासिल गरेको हो ।
सात टिम सम्मिलित लिग टूको शीर्ष पाँचमा रहँदै एकदिवशीय मान्यता सुरक्षित गर्न नेपाललाई बाँकी तीन खेलमा कम्तिमा एक जित पर्याप्त हुनेछ । बाँकी तीनै खेल जितेमा नेपालले आगामी जुलाईमा हुने एकदिवशीय विश्वकपका लागि ग्लोवल क्वालिफायर खेल्नेछ । आईसीसी क्रिकेट विश्वकप लिग टू मा नेपालले १६औं जित हासिल गरेको हो । नेपालको ३३ खेलबाट ३४ अंक भएको छ ।