काठमाडौं । चर्चित गायिका समीक्षा अधिकारीले नेपाल छोडेकी छिन् । उनी अष्ट्रेलिया उडेकी हुन् । अधिकारी सांगीतिक कार्यक्रमका लागि उनले नेपाल छोडेकी हुन् । भिनाजु सुवास खत्रीका अनुसार समीक्षा केही दिन पहिले अष्ट्रेलिया पुगेकी हुन् ।

अष्ट्रेलियामा उनका केही कार्यक्रम तय भएका छन् । त्यहाँ उनले आफ्नो नयाँ तथा पुराना चर्चित गीत गाउने बताइएको छ । बुधबार साँझ सामाजिक सञ्जाल टिकटकमा एक भिडियो भाइरल भएको थियो । भिडियोमा उनलाई त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलमा विदाई गरिएको थियो । भिडियोमा दिदी शर्मिला अधिकारी पनि समीक्षासँगै छिन् ।

सम्बन्धित खबरहरु