काठमाडौं । अन्तराल अभिनेता मानब सुवेदीसँग अभिनेत्री सुरक्षा पन्त विवाह बन्धनमा बाधिएकी छन् ।

सुरक्षाले सामाजिक सञ्जालमा बिहेको तस्बिर सार्वजनिक गरेकी छन्।

फेसबुकमा तस्बिर राख्दै पन्तले लेखेकी छन्, ‘शुभ विवाह’ ‘आजबाट नयाँ अध्याय सुरु । हामी धेरै खुशी छौं । आर्शिवार्द दिनुहोला ।’ उनीहरूले नजिकका आफन्त र साथीभाइको उपस्थितिमा विवाह गरेका हुन्।

सुरक्षाले आफ्नो विवाह नै परिवारसँग नै विद्रोह भएको बताएकी छिन् । साधारण तरिकाले विवाह गर्न परिवार नचाहेपनि आफूले विद्रोह गरेर अति सामान्य बनाएको उनको भनाई छ ।

उनीहरूको विवाह समारोह चितवनको सौराहमा भइरहेको छ। मानवले फिल्म ‘अन्तराल’ र ‘चिनी कम रङ कडा’ मा अभिनय गरेका छन्। यतिबेला उनी छोटा फिल्म निर्देशन गर्दैछन्।

करिब ७ वर्षदेखिको प्रेमलाई पन्त र सुवेदीले विवाहमा परिणत गरेका हुन् । सुरक्षा पछिल्लो समय व्यस्त नायिकामा पर्छिन् ।

सम्बन्धित खबरहरु