काठमाडौं । उत्तरी जर्मनीको ह्याम्बर्ग सहरमा रहेको यहोवाका साक्षीहरूको सभा हलमा भएको गोलीकाण्डमा कयौं व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेको यकिन संख्या खुल्न सकेको छैन ।
यहोवाका साक्षीहरू क्रिस्चियन–आधारित धार्मिक आन्दोलनसँग सम्बन्धित एउटा गुट हो । यो सम्प्रदाय अमेरिकामा १९ औं शताब्दीमा स्थापित भएको थियो । प्रहरीका अनुसार बन्दुकधारीको मृत्यु भएको हुनसक्ने आशंका छ ।
तर, जर्मन स्थानीय सञ्चारमाध्यमले मारिएको पुष्टि गरेका ६–७ जनामा बन्दुकधारी पनि छन् वा छैनन् भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन । बन्दुकधारीले गोली प्रहार गर्नुको उद्देश्य के थियो भन्ने बारे यकिन जानकारी आइसकेको छैन् । यसबाहेक ग्रस बोरस्टेल जिल्लाको देलबोज सडकमा भएको गोलीकाण्डमा कैयौं घाइते भएका छन् ।
प्रहरी प्रवक्ता होल्गर वेहरेनले स्थानीय समय अनुसार बेलुका २१:१५ बजे बैठक कक्षमा गोली चलेको खबर आएको थियो । घटनास्थलमा पुगेका अधिकारीहरूका अनुसार केही मानिसहरू गम्भीर रूपमा घाइते भएर भुइँमा लडिरहेका थिए ।
अहिले पनि केहीको अवस्था गम्भीर रहेको छ । भवनको माथिल्लो भागबाट गोली चलेको आवाज सुनको प्रहरीले जानकारी गरायो । त्यहाँ पुग्दा एक व्यक्तिको शव भेटियो । अहिलेसम्म अपराधी घटनास्थलबाट भागेको कुनै सङ्केत नदेखिएको प्रहरीले स्पष्ट पारेको छ ।
वेहरेनले भने, ‘हामीलाई अहिलेसम्म थाहा छ कि यो दुर्घटनामा धेरैको मृत्यु भएको छ, धेरै मानिस घाइते भएका छन्, जसलाई अस्पताल लगिएको छ ।’ वरपरका क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई घरबाट बाहिर ननिस्कन भनिएको छ ।
सार्वजनिक भएको फुटेजमा प्रहरीले बैठक कोठाबाट मानिसहरूलाई बाहिर निकालिएको छ । ह्याम्बर्गका गृहमन्त्री एन्डी ग्रोटेले ट्वीटरमा लेखेका छन्, ‘घटनास्थलमा प्रहरी विशेष बल र ठूलो संख्यामा अधिकारीहरू तैनाथ गरिएको छ ।’ प्रहरीले अफवाहमा विश्वास नगर्न सर्वसाधारणसँग अपिल गरेको छ ।