काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरूद्ध परेको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदैछ । यसबीच सबै माओवादी नेताहरू एक ठाउँमा आएका छन् । विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेका माओवादी घटकहरुको संयुक्त बैठक चलिरहेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड, डा. बाबुराम भट्टराई, मोहन वैद्य, नेत्रविक्रम चन्द विप्लव, धर्मेन्द्र बास्तोला, विश्वभक्त दुलाल आहुति, कर्णजित बुढाथोकीसहितका नेताहरु सहभागी हुनुहुन्छ । द्वन्द्वकालीन घटनाको मुद्दामा प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएपछि माओवादी नेताहरु एक ठाउँमा आएका हुन् ।

सम्बन्धित खबरहरु