काठमाडौं । उपराष्ट्रपति पदको उम्मेदवारी दर्ता शनिबार हुँदैछ । यसबीच दलहरु दौडधुपमा लागेका छन् । नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपति पदको उम्मेदवार बनाउने पक्का भएको छ ।
उक्त पार्टीको संसदीय दलका प्रमुख सचेतक गंगाराम चौधरीका अनुसार संसदीय दलको बैठकले उहाँलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिनुभयो । नेतृ श्रेष्ठ कैलाली–१ बाट निर्वाचित सांसद हुनुहुन्छ । तपाईंलाई जानकारी गराउ नागरिक उन्मुक्ति पार्टी ८ दलीय गठबन्धनमा सहभागी छ ।
यसअघि सोही गठबन्धनमा रहेको अर्को दल जनता समाजवादी पार्टीले संसदीय दलका नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय बिहीबार गरेको थियो । तर निर्वाचन आयोगले उपराष्ट्रपति पदमा पुरुषको उम्मेदवारी दर्ता नगर्ने संकेत गरेको छ ।
आयोगको शुक्रबार बसेको बैठकले राष्ट्रपतिको पदमा खसआर्य समुदायका पुरुष (रामचन्द्र पौडेल) निर्वाचित भएको भन्दै उपराष्ट्रपतिमा फरक लिङ्ग वा फरक समुदायको मात्र उम्मेदवार हुनसक्ने निर्णय गरेको हो । उपराष्ट्रपति पदका लागि निर्वाचन चैत ३ गते हुँदैछ ।