काठमाडौं । गृहमन्त्रालयले नेपाल प्रहरीका ५ प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ । बढुवा सिफारिसको १ नम्बरमा डीआईजी वसन्तबहादुर कुँवर हुनुहुन्छ । त्यसपछि क्रमश: टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य हुनुहुन्छ ।

भावी प्रहरी महानिरीक्षक चयन हुनु १५ दिन अघि उहाँहरु एआईजीमा बढुवा हुनु भएको हो । अहिलेको ३० वर्षे सेवा अवधि कायमै रहे प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह ११ चैतबाट अनिवार्य अवकाशमा जानुपर्छ । त्यसपछि अहिले एआईजी भएका ५ जनामध्येबाटै आईजीपी छनौट गरिनेछ ।

सम्बन्धित खबरहरु