काठमाडौं । हामी शिक्षा क्षेत्रमा योगदान दिनका लागि आइक्यू प्रश्नहरु सामेल गर्दछौ ।

दिमाग खियाउने प्रश्नले प्रतिस्पर्धी परीक्षार्थीलाई सहयोग त गर्छ नै साधारण मानिसका लागिपनि दिमागी तेज र रिफ्रेसका लागि यस्ता सवालहरु जरुरी छ । आज हामीले एउटा प्रश्न ल्याएका छौ ।

यदि ४ बाख्राले चार दिनमा ४ किलो दूध दिन्छ भने, १० बाख्राले १० दिनमा कति दूध दिन्छ ? – यो प्रश्नको जवाफ पहिले तल नहेरी आफू प्रयास गर्नुहोस् । आफूले निकालेको उत्तर कमेण्टमा लेख्नुहोस् । अनि मात्र तलको उत्तर हेरेर आफूले आफैलाई जाँच्नुहोस् । तपाईले मिलाएको जवाफ सही थियो कि थिएन । फेरि आफ्नै कमेण्टमा प्रतिक्रिया जनाउनुहोस् ।

अब जाऔं जवाफको समाधान तर्फ ।

  • १ बाख्राले १ दिनमा दिने दूध ४ भाग १ बराबर २५० एमएल : 1/4 लिटर = 250ml
  • त्यसपछि, १० बाख्राले १ दिनमा दिने दूध २५० एमएल गुणा १० बराबर २.५ लिटर : 250ml×10=2500ml= 2.5 लिटर
  • तसर्थ, १० बाख्राले १० दिनमा दिने दूध २.५ लिटर गुणा १० बराबर २५ लिटर : 2.5 लिटर× 10= 25 लिटर ::
  • २५ लिटर सही उत्तर हो।

सम्बन्धित खबरहरु