काठमाडौं । जीवनशैली कोलममा हामी मानव जीवनमा कुनै न कुनै घटना जो कोहीसँग जोडिएका विषयको उठान गर्छौ ।
आज हामीले आफू भन्दा कान्छा भाइ–बहिनी अब ठूला भए भनेर तपाइलाई कुन घटनाबाट थाहा भयो ? सवालको उत्कृष्ट जवाफ पेस गरेका छौ । जवाफ दिने मित्रलाई धन्यवाद । उहाँले हाम्रो तर्फबाट उत्कृष्ट उपहार आफ्नै घरमा पाइसक्नुभएको छ ।
उहाँले लेख्नुहुन्छ,
म त्यतिबेला कक्षा ११ मा पढ्थेँ । मेरो भाइ त्यतिबेला मभन्दा ६ वर्ष कान्छो थियो । अझ स्पष्ट पार्न चाहान्छु त्यतिबेला उ ११ बर्षको थियो ।
त्यो दिन स्कुलबाट आएपछि म आफ्नो कोठामा गएँ, स्कुलको पोसाक फुकालेर राखे । म ओछ्यानतर्फ गए । ओछ्यानमा उनको अंडरवियरमा मात्र पल्टिएको देखे । मैले ढोका लगाएको थिए तर चुक्कुल लगाएको थिइन ।
घरभित्र हामीलाई आमाबुबाले कहिलै कोठाको चुक्कुल लगाउन दिनुभएको थिएन । म स्कुलबाट आएपछि प्रायः यसै गर्थे । यो कुरा मेरो भाइलाई र घरका सबैलाई थाहा थियो।
सोही दिन मेरो स्कुलका एकजना साथी मसँग केही क्लास–नोट लिन स्कुलपछि सिधै मेरो घरमा आएका थिए । घरभित्र पसेपछि ऊ कसैलाई नसोधी केही नभनी सीधै मेरो कोठातिर आउन थाल्यो । किनकि उसलाईपनि मेरो कोठा थाहा थियो ।
तर मेरो भाइले तुरुन्तै उसलाई त्यसो गर्नबाट रोक्यो र विनम्रतापूर्वक उहाँलाई खाना कोठासँगै रहेको बैठक कोठामा मलाई पर्खन भन्यो । त्यसपछि मेरो भाइले मेरो ढोका ढकढक्यो । अर्को कोठामा रहेको दराजबाट लुगा ल्याएर मलाई दियो र लगाएर साथीलाई भेट्न भन्यो ।
त्यो दिन मैले बुझें कि मेरो भाइ अब ठूलो भएछ । उ मेरो घरको पहिलो छोरा हो । मलाई लाग्यो उसले पनि मेरो ख्याल राख्छ । उसलाई मेरो जीवनमा पाउँदा म आफूलाई धेरै भाग्यमानी ठान्छु। यो गत वर्ष खिचिएको हाम्रो तस्बिर हो। यदि तपाईलाई जवाफ मनपर्छ भने, कृपया अपभोट गर्नुहोस्। धन्यवाद।