काठमाडौं । तपाई धेरैले शूर्पणखा बारे जान्नुभएको हुनुपर्छ । शूर्पणखा रामायणको एक दुष्ट चरित्र हो। उनी दानव रावणकी बहिनी थिइन् ।

सुप जस्तो नङको मालिक भएकाले उनको नाम शूर्पणखा राखिएको हो । तर सूप नाखा नाम पनि नाकको आकारसँग सम्बन्धित हुन सक्छ किनभने उनको नाक सूपडा जस्तै थियो ।

वाल्मिकी रामायणका अनुसार राम र लक्ष्मणले उनीहरुसँग विवाह गर्न गरेको याचना अस्वीकार गरेपछि उनी क्रोधित भएर सीतामाथि आक्रमण गर्न पुगिन् । यसै बखत लक्ष्मणले उनको नाक र कान काटिदिए ।

अपमानित र विलाप गर्दै उनी आफ्नो भाइ रावण कहाँ गइन् र रावणले यो अपमानको बदला लिने वाचा गरे। रावणले यही कारण सीता हरण गरिदियो । घमसान राम–रावण युद्ध भयो। सीता हरण राम–रावण युद्धको कारण यीनै स्त्री थिइन् । तर अन्ततः त्यो युद्धमा रामले रावणलाई मारे ।

महाभारत अनुसार शूर्पणखासँग राक्षसी रुप थियो । तर जब राम र लक्षमण बलवान र अति सुन्दर राजकुमारहरु देख्छिन् । मोहित भएर उनीहरु स्वामीको रुपमा पाउ भनेर उनले तपस्या गर्छिन् । त्यो तपस्याबाट उनको रुप अति सुन्दर बन्छ । तर शूर्पणखाको याचना राम–लक्ष्मणले अस्वीकार गरिदिन्छन् ।

शुपर्णखाले अवसर पाउँदा मात्र आफ्नो रुप परिवर्तन गर्न सक्थिन् । परिवर्तन नगरेको समय उनी अति घिनलाग्दि देखिन्थिन् । त्यो कुरा राम लक्ष्मणलाई थाहा थियो । यहाँ हामीले अभिनेत्री अनुष्का शेट्टीकापनि दुई तस्बिर लिएका छौ । एउटा मेकअप गरिएको र एक नगरिएको तस्बिर हो ।

यो उनको अपमानका लागि हैन आम मानिसलाई एक शिक्षा दिनका लागि यी शब्द र तस्बिर उल्लेख गरिएको हो । मानिस २४ घण्टा मेकअप गरेर सुन्दरी केटी बनेर घुमिरहन सक्दैनन् । कुनै जादू प्रयोग गरेरपनि सँधै रूप परिवर्तन भएको रामचरित्रमा समेत वर्णन गरिएको छैन।

उदाहरणका लागि अभिनेत्री अनुष्काका यी तस्बिर नै काफी छन् । त्यसैले निष्कर्षमा पुग्छ जरुरी छ की कुनै पनि महिला सधैं मेकअपमा बस्न सक्दैनन् । कुनै न कुनै दिन उनीहरु आफ्नो वास्तविक रूपमा रहनेछन्। यसैले देखावटी र बनावटी बन्न र त्यसमा विश्वास गर्न छोडौं । जे छौं त्यहीमा विश्वास गरौं । त्यही रमाऔं ।

 

सम्बन्धित खबरहरु