काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल पार्कमा पुगेर नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको शालिकमा माल्यार्पण गर्नुभएको छ ।

उहाँलाई पार्कमा पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव नेपाल, नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल, काठमाडौ– १० का प्रतिनिधि सभा सदस्य राजन केसी लगायतले स्वागत गर्नुभएको थियो ।

सो अवसरमा नवनिर्वाचित राष्ट्रपति पौडेलले पार्क, प्रतिष्ठानको भवनको अवलोकन गर्नुभएको थियो । यसअघि शुक्रबार नवनिर्वाचित राष्ट्रपति पौडेलले पशुपतिनाथ मन्दिर र गुहेश्वरी मन्दिरमा पूजा गर्नुभयो ।

शुक्रबार नै पौडेलले सुन्दरीजलस्थित वीपी संग्रहालय पुगेर वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायतका नेताहरूको सालिकमा माल्यार्पण गर्नुका साथै संग्रहालय परिसरमा वृक्षारोपण गर्नुभयो ।

शुक्रबार साँझ नै राष्ट्रपति पौडेलले विश्वसम्पदा सूचीमा सुचीकृत स्वयम्भूनाथ क्षेत्रको पनि भ्रमण गर्नुभएको थियो ।

 

सम्बन्धित खबरहरु