काठमाडौं । उम्मेदवारी खारेज गर्न एमालेले उजुरी दिएको छ । जनता समाजवादी पार्टी (जसपा) बाट उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवविरुद्ध उजुरी दर्ता परेको हो ।

शनिबार दिउँसो सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा नेकपा (एमाले) का सांसद महेश बर्तौलाले यादवविरुद्ध उजुरी दिनुभएको हो । राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले उपराष्ट्रपति पनि पुरुष हुन नहुने एमालेको तर्क छ ।

सोहीकारण एमाले सांसद बर्तौलाले जसपाका उम्मेदवारविरुद्ध उजुरी दिनुभएको हो । निर्वाचन अधिकृतको कार्यालयले ६ बजेसम्म दाबी विरोधको सूचना दिने समय दिएको छ । उजुरीमाथि भोलि (आइतबार) १२ बजेसम्म छानबिन गर्ने समय छ ।

सम्बन्धित खबरहरु