काठमाडौं । सांगेतिक कार्यक्रमका लागि अष्ट्रलिया पुगेकी गायिका समीक्षा अधिकारीले त्यहाँबाट केही तस्विर सार्वजनिक गरेकी छिन् । बेला बेलामा चर्चामा आउने अधिकारी पछिल्लो समय सामाजिक सञ्जालमा खुबै सक्रिय छिन् ।

शुक्रबार उनले ‘कतिपय सम्झनाहरु सधैंभरि रहन्छन्’ भन्दै केही तस्विर राखेकी थिइन् । तस्विरमा उनीसँगै उनका साथीहरु पनि छन् । कामको कुरा गर्दा उनी त्यहाँ होलीको कार्यक्रमका लागि पुगेकी थिइन् । समीक्षाको आवाजमा एक नयाँ गीत पनि सार्वजनिक भएको छ ।

त्यसबारे जानकारी दिदैँ उनले भनेकी छिन्, ‘सम्पुर्ण भगवानरुपि दर्शक आमाबुबा, दाजुभाइ दिदीबहिनीमा नमस्कार ? आज (शुक्रबार) मात्रै धनगढीको बसमा ३ (रेलैमा रेलैमा मुसुक्क हासिदेउ जानि बेलैमा) लिएर आएका छौँ । पक्कै पनि, पहिलाका गीतहरु जस्तै माया गरिदिनु हुन्छ भन्ने ठूलो आशा गरेका छौँ, गीत कस्तो लाग्यो प्रतिकृया दिनुहोला ।’

सम्बन्धित खबरहरु