काठमाडौं । नेकपा एमालेले संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङलाई नियुक्त गरेको छ । सोमबार संसदीय दलका नेतासमेत रहनु भएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङलाई उपनेताको नियुक्ति दिनु भएको हो ।
अघिल्लो प्रतिनिधिसभामा पनि नेम्वाङ एमाले संसदीय दलको उपनेता हुनुहुन्थ्यो । यसअघि ओलीले आइतबार संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई नियुक्त गरिसक्नु भएको छ ।