काठमाडौं । सिकार खेल्न गएका एक जनाको ज्यान गएको छ । सल्यानमा भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको हो । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ९ स्वाराका अन्दाजी १६ वर्षीय चित्रबहादुर रावतको मृत्यु भएको छ ।
सोमबार दिउँसो गाउँबाट झन्डै दुई किलोमिटर टाढा बाहुनका जङ्गलमा सिकार खेल्न जाँदा सोही ठाउँका अन्दाजी ४० वर्षीय आइते रावतले बोकेको बन्दुक एक्कासि पड्किँदा चित्रबहादुर घाइते भएका थिए ।
जिल्ला प्रहरी सल्यानका अनुसार घाइते रावतको उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । बन्दुक बोकेका आइते रावत बन्दुकसहित फरार रहेका छन् । उनको खोजि भइरहेको पनि प्रहरीले जानकारी दियो ।