काठमाडौं । नेपालमा निरन्तर सुनको मूल्य बढ्दै गएको छ । मंगलबार नेपाल सुन चाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको हो ।
अमेरिकी बैंकहरु बन्द हुँदा लगानीकर्ताहरुले बैंकको निक्षेप झिकेर सुनमा लगानी गर्न थालेपछि सुनको मूल्य तीन दिनमा ३ हजार ९ सय रुपैयाँले बढिसकेको छ ।
मंगलबार छापावाल सुन एक लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार हुँदैछ । यस्तै तेजावी सुनको मूल्य एक लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेर १३ सय रुपैयाँ कायम भएको छ ।