काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीको विवाह एक वर्ष नपुग्दै टुटेको छ । उनले अमेरिकामा बसोबास गर्दै आएका युवक आशिष गेलालसँग विवाह गरेकी थिइन् । तर अब दुवैको वैवाहिक सम्बन्ध कानुनी रुपमा टुंगिएको छ ।

सिवाकोटीका अनुसार दुई महिनाअघि कानुनी रुपमै उनीहरु अलग भएका हुन् । तपाईंलाई जानकारी गराउ गत वैशाख ९ गते काठमाडौंको एक रिसोर्टमा उनीहरुले धुमधामले विवाह गरेका थिए । वर्षा र आशिषको सम्बन्ध नौ महिनामै टुंगिएको हो ।

विवाहलगत्तै वर्षा पनि अमेरिका पुगेकी थिइन् । तर केही समयपछि नेपाल फर्किइन् । त्यसलगत्तै सामाजिक सञ्जालमा एक अर्कालाई अनफलो गरेका थिए ।

छिटो विवाह गर्दा एकले अर्कोलाई बुझ्न नसकेको र असमझदारी भएको वर्षा बताउँछिन् । आशिषले सोमबार झापाकी समीक्षा विमली नामकी एक युवतीसँग विवाह गरेका छन् ।

सम्बन्धित खबरहरु