काठमाडौं । केपी शर्मा ओलीलाई प्रतिनिधिसभामा विपक्षी दलको नेताको मान्यता दिन माग गरिएको छ । नेकपा एमालेले संसदीय दलका नेता ओलीलाई विपक्षी दलको नेताको मान्यता दिन संसद सचिवालयलाई पत्र लेखेको हो ।

वर्तमान प्रचण्ड नेतृत्वको सरकारलाई एमालेले १५ फागुनमा सचिवालय बैठक बोलाएर समर्थन फिर्ता लिएको थियो । एमाले महासचिव शंकर पोखरेलले विपक्षी दलको नेताको मान्यता माग गरेको जानकारी गराउनुभयो ।

उहाँले संसद सचिवालयलाई पत्र पठाएर समर्थन फिर्तासँगै संसदीय दलका नेता ओली स्वत: प्रतिनिधिसभाको विपक्षी दलको नेता हुनुपर्ने तर्क गरिएको जनाउनुभयो ।

सम्बन्धित खबरहरु