काठमाडौं । लोक सेवा आयोग, केन्द्रीय कार्यालयले महत्वपूर्ण सूचना जारी गरेको छ । आयोगले देहायका विज्ञापनमा लिइएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरु मध्ये वर्णानुक्रमानुसार देहायका रोल नम्बर तथा नाम थर भएका उम्मेदवारहरु उत्तीर्ण भई मामिला प्रस्तुतीकरण र अन्तर्वार्ताको लागि छनौट भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरेको हो ।

जारी सूचनामा भनिएको छ, ‘मामिला प्रस्तुतीकरण र अन्तर्वार्ताको लागि छनौट भएका उम्मेदवारहरुले पासपोर्ट साइजको फोटो २ प्रति, आवश्यक न्यूनतम योग्यता एकीन हुने सम्पूर्णप्रमाणपत्र तथा अन्य आवश्यक कागजातहरु र दरखास्त फारामको प्रथम र तृतीय पाना २ प्रति भरी यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र यस आयोगकोदरखास्त व्यवस्थापन केन्द्र, अनामनगरमा उक्त प्रमाणपत्रहरुको प्रतिलिपि उम्मेदवार आफैले प्रमाणित गरी रुजु गराउनु पर्नेछ ।

आवश्यक न्यूनतम योग्यता तथा अन्यआवश्यक कागजातको प्रमाणपत्रहरु नपुर्‍याएमा जुनसुकै बखत दरखास्त रद्द हुनेछ । छनौट भएका उम्मेदवारहरुले देहायको स्थान र समयमा हुने मामिला प्रस्तुतीकरण र अन्तर्वार्ताको दिन आउँदा माथि उल्लेखित सक्कल कागजात र प्रवेशपत्र लिई १ (एक) घण्टा अगावै आयोगको अन्तर्वार्ता तथा सिफारिस शाखामा अनिवार्य उपस्थित हुनुपर्नेछ । मामिला प्रस्तुतिकरण र अन्तर्वार्ताको दिन सार्वजनिक विदा पर्न गएमा पनि उक्त कार्यक्रम यथावत सञ्चालन हुनेछ ।’

सम्बन्धित खबरहरु