काठमाडौं । भ्यागुताको मलद्वारबाट पूरै सर्प निस्क्यो । सामाजिक सञ्जालमा आजकल यस्तै एउटा तस्बिर भाइरल भइरहेको छ ।

उक्त तस्बिर फेसबुकमा ‘सनशाइन कोस्ट स्नेक क्याचर्स’ नामक एकाउन्टबाट सेयर गरिएको हो । तस्बिर सार्वजनिक भएदेखि नै अनुमानको बजार तातिरहेको छ कि यस्तो कसरी हुन सक्छ ?

को कसलाई शिकार गर्न गए र को कसको शिकार भयो ? दुनियाँलाई छुट्याउन मुस्किल परेको छ ।

घटना रहस्यमय बन्यो

सनशाइन कोस्ट स्नेक क्याचर्स ले यो तस्बिर वास्तविक भएको दाबी गरेको छ। तर भ्यागुताको मलद्वारमा सर्प कसरी अड्कियो भन्ने रहस्य भने कायमै छ । सामाजिक सञ्जालमा यो तस्बिर हेरेपछि मानिसहरुको जिज्ञासा पनि बढेको छ । सर्प विज्ञहरुले उक्त सर्प इस्टर्न ब्राउन स्नेक प्रजातिको भएको अनुमान गरेका छन् । भ्यागुताले पनि सर्पलाई निल्यो तर पचाउन सकेन । नतिजा यस्तो भयो कि पूरै सर्प मलद्वारबाट बाहिर निस्कियो।

सर्प निलेपछि भ्यागुताको पाचनप्रणाली हुँदै मलद्वार भएर बाहिर निस्किएको पनि सर्प विज्ञहरुको दाबी छ । यी दुई जनावरलाई अलमलमा परेको महिलाले देखेकी थिइन् कि भ्यागुताले आफ्नो पछाडिको खुट्टाले सर्पलाई बाहिर निकाल्न खोजिरहेको थियो।

सामाजिक सञ्जालमा मानिसहरु छक्क परेका छन्

यो तस्बिर हेरेपछि सामाजिक सञ्जालमा मानिसहरुले आश्चर्य व्यक्त गरेका छन् । धेरैले सोधेका छन् यो कसरी हुन सक्छ ? एक प्रयोगकर्ताले भने, मसँग धेरै प्रश्नहरू छन्, तर म जान्न पनि चाहन्न।

अर्कोले लेखे, यो धेरै खराब छ। सर्प पक्रनेहरूले पछि भ्यागुताबाट निकाल्दा सर्प मरेको हुनसक्छ । सर्पलाई बाहिर निकालेपछि भ्यागुता आफू बाँचेको सम्झिएर भागेकोपनि भनिएको छ ।

तर वास्तवमा सर्पको शिकार भ्यागुता हो । भ्यागुताको शिकार सर्प हुनै सक्दैन । ठिक उल्टो कसरी भयो यर्थाथ अझै आएको छैन । तर सामाजिक सञ्जाल प्रयोगकर्ताहरु पर्खिरहेका छन् ।

सम्बन्धित खबरहरु