काठमाडौं । नेपालले यूएईको पाँचौ विकेट लिएको छ ।
दीपेन्द्रसिंह ऐरीले नै पाँचौ विकेट लिएका हुन् । उनले ३७.३ ओभरमा यूएईका रोहन मुस्तफालाई आउट गरे ।
दीपेन्द्रसिंह ऐरीले यूएईका रोहन मुस्तफालाई एलबीडब्लू आउट गरे । मुस्तफाले ३२ बल खेलेर ३ चौकासहित २० रन बनाए । नयाँ ब्याटरका रुपमा आसिफ खान क्रिजमा पुगेका छन्।
यसअघिपनि नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २७ औं ओभरको पहिलो बलमा आयन अफजाल खानको विकेट लिएका थिए । ११ बल खेलेर ३ रन बनाइरहेका अफजाललाई गुलसन झाले क्याच आउट गरे।
त्यसअघि नेपालका लागि सन्दीप लामिछाने र ललितनारायण राजबंशीले १.१ विकेट हात पारेका थिए।
यूएईका आयन अफजाल खान आउट भएका छन् । दीपेन्द्र सिंह ऐरीले खानलाई २६.१ ओभरमा आउट गरे ।
यसअघि यूएईका चुन्दगापोयल रिजवान आउट भएका थिए । नेपालले यूएईको चौथो विकेट लिएको छ । रिजवानलाई दिपेन्द्रसिंह ऐरीको बलमा भीम सार्की र आसिफ शेखले रन आउट गराएका छन् ।
यसअघि आईसीसी विश्वकप लिग टुको अन्तिम खेलमा यूएईविरुद्ध उत्रिएको नेपाली टोलीका सन्दीप लामिछानेले दोस्रो विकेट लिएका थिए ।
यूएईको टाइगरको रुपमा चम्किरहेका मोहम्मद वसीम आउट भएका थिए । उनलाई लामिछानेले १६.२ ओभरमा ढालेका हुन् । वसीमले ६३ रन जोडेका थिए । ललितनारायण राजबंशीले सुरुवाती विकेट लिएका थिए ।
नेपालको प्लेइङ ११
आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल ९कप्तान०, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।
घरेलु टोली नेपालले आज युएईलाई पराजित गर्न सके जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै खेल्न पाउछ। यदि पराजित भएमा यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ।
साढे ९ बजेदेखि सुरू भएको खेलमा बिहान सात बजेदेखि दर्शकहरू रंगशाला पुगेका थिए। मैदान प्रवेशको लागि सयौँ समर्थकको भिड लागेको छ।
क्यानले बुधबार साँझ नै सबै टिकट बिक्री भइसकेको जानकारी दिएको छ। क्यानले ११ हजार टिकट बिक्रि भएको जानकारी दिँदै आज बिहान गेटमा टिकट नबेच्ने जानकारी दिएको थियो।