
काठमाडौं । अमेरिकाले पूर्व मेयरलाई राजदूत बनाएको छ ।
लस एन्जलसका पूर्व मेयर एरिक गार्सेट्टीलाई भारतका लागि अमेरिकी राजदूत बनाएको हो ।
अमेरिकी संसदको माथिल्लो सदन सिनेटले बुधबार उनको नियुक्तिलाई पुष्टि गरेको छ । न्यूयोर्क टाइम्सका अनुसार उनलाई भारतका लागि अमेरिकी राजदूत बनाउने प्रस्ताव सिनेटमा ४२ विरुद्ध ५२ मतले पारित भयो ।
भारतका लागि अमेरिकी राजदूतको पद जनवरी २०२१ मा केनेथ जस्टरको प्रस्थान पछि खाली छ । पूर्ण राजदूत नहुँदा विगत दुई वर्षदेखि धेरै व्यक्तिले यो पद सम्हाले ।
गार्सेट्टीको नियुक्तिको पक्षमा ल्याइएको प्रस्तावको सत्तारुढ डेमोक्र्याटिक पार्टीका धेरै सांसदले विरोध गरे पनि रिपब्लिकन पार्टीका धेरै सांसदले उनलाई भारतका लागि राजदूत बनाउने प्रस्तावको समर्थन गरेका हुन् ।
गार्सेट्टीमाथि यौन उत्पीडनको मुद्दा गलत्त तरिकाले मिलाएको आरोप लागेको थियो । सोहीकारण धेरै सांसदहरूले उनको नियुक्तिको विरोध गरेका हुन् ।