
काठमाडौं । ककपिटमा कफी पिउने र मिठाई खाएको आरोपमा दुई पाइलटलाई ड्युटीबाट हटाइएको छ ।
भारतीय एयरलाइन्स कम्पनी स्पाइसजेटले ककपिटमा मिठाई र कफी पिएको आरोपमा आफ्ना दुई पाइलटलाई ड्युटीबाट हटाएको हो ।
स्पाइसजेट विमानको तस्विर सामाजिक सञ्जालमा भाइरल भएपछि यो घटना बाहिर आएको हो, जसमा कप कन्ट्रोल प्यानलमा देखिन्छ । जानकारी अनुसार त्यतिबेला विमान ३७ हजार फिटको उचाइमा उडिरहेको थियो । यो तस्विरलाई लिएर सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरियो ।
एयरलाइन्सलाई चेतावनी दिन नियामक निकायसँग सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको माग गरेका थिए । स्पाइसजेटले बुधबार यस विषयमा अनुसन्धान गरिरहेको र तस्विर खिचाउने पाइलटलाई ड्युटीबाट हटाइएको जानकारी गराएको छ ।
कम्पनीका प्रवक्ताले द टाइम्स अफ इन्डिया अखबारलाई अनुसन्धान पूरा भएपछि उपयुक्त अनुशासनात्मक कारबाही गरिने जनाएका छन् ।