काठमाडौं । नेपालले यूएईबाट ३११ रनको लक्ष्य पाएको छ । नेपालले केहिबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
आसिफ खानको आक्रामक शतकमा नेपालले पहिलोपल्ट ३०० भन्दा बढीको लक्ष्य पाएको हो । यूएईले अन्तिम ६ ओभरमा १०२ रन जोडेको छ ।
पारीको अन्तिम बलमा दीपेन्द्रसिंह ऐरीबाट क्याचआउट हुनुअघि यूएईका भृत्य अरविन्दले १३८ बलमा ८ चौका र २ छक्कासहित ९४ रन बनाए ।
दीपेन्द्रसिंह ऐरीले नै पाँचौ विकेट लिएका हुन् । उनले ३७.३ ओभरमा यूएईका रोहन मुस्तफालाई आउट गरे ।
दीपेन्द्रसिंह ऐरीले यूएईका रोहन मुस्तफालाई एलबीडब्लू आउट गरे । मुस्तफाले ३२ बल खेलेर ३ चौकासहित २० रन बनाए । नयाँ ब्याटरका रुपमा आसिफ खान क्रिजमा पुगेका छन्।
यसअघिपनि नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २७ औं ओभरको पहिलो बलमा आयन अफजाल खानको विकेट लिएका थिए । ११ बल खेलेर ३ रन बनाएका अफजाललाई गुलसन झाले क्याच आउट गरे।
त्यसअघि नेपालका लागि सन्दीप लामिछाने र ललितनारायण राजबंशीले १-१ विकेट हात पारेका थिए।
यसअघि यूएईका चुन्दगापोयल रिजवान आउट भएका थिए । नेपालले यूएईको चौथो विकेट लिएको छ । रिजवानलाई दिपेन्द्रसिंह ऐरीको बलमा भीम सार्की र आसिफ शेखले रन आउट गराएका छन् ।
यसअघि आईसीसी विश्वकप लिग टुको अन्तिम खेलमा यूएईविरुद्ध उत्रिएको नेपाली टोलीका सन्दीप लामिछानेले दोस्रो विकेट लिएका थिए ।
यूएईको टाइगरको रुपमा चम्किरहेका मोहम्मद वसीम आउट भएका थिए । उनलाई लामिछानेले १६.२ ओभरमा ढालेका हुन् । वसीमले ६३ रन जोडेका थिए । ललितनारायण राजबंशीले सुरुवाती विकेट लिएका थिए ।
नेपालको प्लेइङ ११
आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।
घरेलु टोली नेपालले आज युएईलाई पराजित गर्न सके जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै खेल्न पाउछ। यदि पराजित भएमा यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ।
साढे ९ बजेदेखि सुरू भएको खेलमा बिहान सात बजेदेखि दर्शकहरू रंगशाला पुगेका थिए। मैदान प्रवेशको लागि सयौँ समर्थकको भिड लागेको छ।
क्यानले बुधबार साँझ नै सबै टिकट बिक्री भइसकेको जानकारी दिएको छ। क्यानले ११ हजार टिकट बिक्रि भएको जानकारी दिँदै आज बिहान गेटमा टिकट नबेच्ने जानकारी दिएको थियो।