काठमाडौं । बुधबारदेखि नियन्त्रण बाहिर रहेको प्रधानमन्त्रीको ट्वीटर खाता पुन:सुचारु भएको छ । बुधबार साँझदेखि कसैले अनाधिकृत रुपमा प्रवेश गरेर असम्बन्धित ट्वीट गरेको थियो ।

प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमल्सिनाका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ट्वीटर खाता बिहीबार दिउँसोदेखि सञ्चालनमा आएको हो ।

तिमल्सिनाका अनुसार अनाधिकृत रुपमा प्रधानमन्त्रीको ट्वीटर खातामा प्रवेश गरेको विषयमा छानबिन पनि गरिनेछ । घटनाबारे छानबिन गरेर सत्यतथ्य छिट्टै सार्वजनिक गर्ने सरकारको छ ।

सम्बन्धित खबरहरु