काठमाडौं । नेपालले यूएईलाई ९ रनले पराजित गरेको छ । अत्यन्तै रोमाञ्चक खेलमा डक वर्थ लुइस प्रणाली (डीएलएस) को आधारमा यूएईलाई ९ रनले पराजित गरेको हो ।
४४ ओभरको खेलको समाप्तिपछि खराब प्रकाशका कारण खेल सञ्चालन गर्न नसक्ने भएपछि अम्पायरद्वयले खेल सकिएको घोषणा गरेका थिए ।
खेल रोकिएको बेला नेपाललाई ३६ बलमा ४२ रनको आवश्यकता थियो । त्यतिबेला नेपाल ६ विकेटको क्षतिमा २६९ रन बनाएर खेलिरहेको थियो । तर डीएलएसमा नेपाल अगाडि पुगिसकेको थियो ।
कीर्तिपुर क्रिकेट मैदानमा भएको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमध्येको यो अति रोचक खेलमा पर्यो । यो जितसँगै आईसीसी विश्वकप लीग–२ को तेस्रो स्थानमा उक्लिँदै नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकपको ग्लोबल क्वालिफायरमा सिधै छनोट भएको छ ।
नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै उच्च स्कोर पछ्याएको हो । जितपछि प्रधानमन्त्री प्रचण्डसँगै शिर्ष नेता र अन्य क्षेत्रका बिशिष्ट व्यक्तिहरुले नेपाली टोलीलाई बधाई दिएका छन् ।
Nepal have done it 🔥
Against all odds, the Rhinos pip Namibia to the third @cricketworldcup Qualifier spot after beating UAE by nine runs (by DLS method) 👏 pic.twitter.com/yO5zwJbN8o
— ICC (@ICC) March 16, 2023
आइसिसी क्रिकेट विश्वकप लिग-२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा हार्दिक खुसी व्यक्त गर्दछु । लीगका खेलहरुमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टीम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई बधाई! pic.twitter.com/IXawPpnilp
— PMO Nepal (@PM_nepal_) March 16, 2023
युएई विरुद्धको खेलमा ऐतिहासिक जित निकालेर विश्वकप छनोटमा स्थान पक्का गरेकोमा नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई !
हामी गौरवान्वित छौं, नेपाल गौरवान्वित छ। pic.twitter.com/6u0tbQ45lw— K P Sharma Oli (@kpsharmaoli) March 16, 2023
बधाई टिम नेपाल!
आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई हराउँदै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेकोमा हार्दिक बधाई । pic.twitter.com/Nd24SrlLkf
— Sher Bahadur Deuba (@SherBDeuba) March 16, 2023