काठमाडौं, २१ माघ । लुटपाट लगायतका आपराधिक गतिविधिमा संलग्न दुई जनालाई सशस्त्र प्रहरी बलको विशेष टोलीले मंगलबार बेलुका काठमाडौंको सिनामंगल चोक नजिकैबाट अवैध हतियार तथा गोलीसहित पक्राउ गरेको छ । उनीहरुलाई एउटा कटुवा पेस्तोल र दुईवटा गोलीसहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक जिल्ला साँगाचोक गाविस २ बस्ने २८ वर्षिय मालते तामाङ्ग र रामेछाप जिल्ला बेथान गाविस ५ कमल डाँडा बस्ने २७ वर्षिय जिम्बो लामा भन्ने मिमलाल दोङ छन् । उनीहरुलाई सशस्त्र प्रहरी बलको विशेष टोलीले मंगलबार बेलुका करीव सवा ६ बजे पक्राउ गरेको हो ।

उनीहरु लुटपाट लगायतका आपराधिक गतिविधिमा संलग्न रहेको तथा उनीहरुसँग अवैध हतियार समेत रहेको भन्ने सुराकी प्राप्त भएपछि केही अघिदेखि सशस्त्र प्रहरी बलको विशेष टोलीले उनीहरुलाई निगरानी गरिरहेको थियो । यसैबीच उनीहरुलाई मंगलबार उक्त पेस्तोल तथा गोली बोकेर हिडेको अवस्थामा पक्राउ गरिएको हो ।

उनीहरु यसअघि पनि आपराधिक गतिविधिमा संलग्न रही पक्राउ परिसकेको कुरा उनीहरुले सशस्त्र प्रहरी बलको विशेष टोली समक्ष बताएका छन् ।

उनीहरुको साथबाट उक्त हतियार तथा गोलीको साथै दुईवटा मोवाइल तथा नगद २१ हजार ४ सय ९५ रुपैयाँ तथा युएस डलर १० र भारतीय पाँच रुपैयाँ समेत बरामद भएको छ ।

hatiyar-dhari-pakrau
फोटोःसशस्त्र प्रहरी बलको फेसबुक

सम्बन्धित खबरहरु