काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक स्थगित भएको छ । उपराष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय लिन बोलाइएको बैठक स्थगित भएको हो ।

शुक्रबार बिहान साढे ११ बजेदेखि पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएको बैठक बसेन् । तर निर्वाचन आचारसंहिता लगायतका कारण बैठक स्थगित भएको जनाइएको छ । राष्ट्रपति निर्वाचनमा रास्वापाले सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिएको थियो ।

उपराष्ट्रपतिका लागि आज बिहान १० बजेदेखि ३ बजेसम्म मतदान भइरहेको छ । उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य, ममता झा र प्रमिला कुमारी यादव उम्मेदवार हुनुहुन्छ ।

सम्बन्धित खबरहरु