काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत १० गते सरकारले पूर्णता पाउने स्पष्ट पार्नुभएको छ । शुक्रबार लगानी बोर्डको बैठकपछि बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो ।

प्रचण्डले आफूले चैत ६ गते विश्वासको मत लिने र त्यसको तीनदेखि चार दिनभित्र सरकारलाई पूर्णता दिने विश्वास दिलाउनुभयो । प्रधानमन्त्री दाहालले आज उपराष्ट्रपतिको निर्वाचनपछि सबै दलसँग बसेर सत्ता विस्तारको बारेमा पनि छलफल हुने जनाउनुभयो ।

उहाँका अनुसार विश्वासको मतपछि सरकारले पूर्णता पाउनेछ । विश्वासको मत ६ गते लिएर त्यसको ४ दिनभित्र सरकारलाई पूर्णता दिने उल्लेख गर्नुभयो । एक फरक प्रशंगमा प्रधानमन्त्री दाहालले सरकार विस्तार हुन कुनै पनि अप्ठ्यारो नरहेको बताउनुभयो ।

सम्बन्धित खबरहरु