काठमाडौं । प्रतिनिधि सभाको बैठक बोलाइएको छ । बैठक आइतबार दिउँसो १ बजे बस्ने भएको हो । शनिबार संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्नुभएको छ ।

सम्भावित कार्यसूचीमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र, प्रतिनिधि सभाको रिक्त एक स्थानको व्यहोराको जानकारीसहित केही प्रतिवेदन पेश गर्ने उल्लेख गरिएको छ । बैठकमा केही विधेयक पेश हुने कार्यक्रम तय भएको छ ।

 

सम्बन्धित खबरहरु