काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सामान्य सवारीमा कुमारी घरको दर्शन गर्नुभएको छ । उहाँले सामान्य सवारीमा काठमाडौंको वसन्तपुरस्थित कुमारी घरको दर्शन गर्नुभएको हो ।

राष्ट्रपति पौडेलले शनिबार अपरान्ह पहिलो पटक कुमारी घरमा दर्शन गर्न जाने क्रममा सडक खाली गराएर मात्रै सवारी हुने परम्परा तोडेपछि सबैतिर तारिफ भइरहेको छ ।

कारगेट बिनानै उहाँले सामान्य सवारीमा त्यहाँ पुगेर कुमारीको दर्शन गर्नुभयो । पौडेलको सवारी हुँदा सर्वसाधारणको सवारीलाई सुरक्षाकर्मीले रोकेनन् ।

राष्ट्रपतिको कारगेटसहितको सुरक्षाका कारण सडकमा सर्वसाधारणले सास्ती व्यहोर्नु परिरहेका बेला नवनिर्वाचित राष्ट्रपति पौडेलले चालेको यस कदमबाट सबै खुसी छन् ।

सम्बन्धित खबरहरु