काठमाडौं । मतदान भइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि देशभरका सरकारी तथा आंगिक कलेजको नेतृत्वका लागि अनेरास्ववियुका विद्यार्थी नेताहरुले उम्मेदवारी दिएका छन् ।

कतै सर्वसहमतिमा नेतृत्व छनोट भइसकेको छ भने कतै रोचक चुनावी प्रतिस्पर्धा भइरहेको छ । चुनावी प्रतिस्पर्धा हुने र खास चासोको केन्द्रमा रहेका कलेज मध्येको एक हो, काठमाडौंको अमृत साइन्स क्याम्पस ।

धेरैको ध्यान खिच्न सफल उक्त कलेजमा स्ववियु नेतृत्वका लागि प्रतिस्पर्धा गर्दैछन्, हिमाली जिल्ला बजाङका जुझारु विद्यार्थी नेता कमलराज जोशी । विद्यार्थी आन्दोलनका थुप्रै मोर्चामा सशक्त सहभागिता जनाइसकेका वैचारिक व्यक्तित्व जोशीले यसपालि उक्त कलेजको स्ववियु नेतृत्व पोल्टामा पार्ने निश्चितप्रायः छ ।

विद्यार्थी नेता जोशीले विद्यार्थीको हकहित र शैक्षिक मुद्दाका मामलामा उठाएका सवालसँगै गरेका संघर्ष उत्प्रेरक छन् । २०५३ सालमा जन्मिएका जोशीले बझाङ र कैलालीमा बसेर विद्यालय शिक्षा हाँसिल गरेका हुन् । कञ्चनपुरको महेन्द्रनगरस्थित रेडियन्ट उच्च माविबाट प्लस टू र सिद्धनाथ विज्ञान क्याम्पसबाट स्नातक उतीर्ण भए ।

पढाइ सँगसँगै अभिनेता भन्ने अभिलाषा बोकेका जोशीलाई परिस्थितिले विद्यार्थी राजनीतितिर धकेल्यो । क्यम्पसका संगठन बनाउन र विस्तार गर्न आउने नेताहरु उनको क्षमता देखेरै प्रभावित हुन्थे । र उनी पहिलोचोटि नै अनेरास्ववियु क्याम्पस कमिटीको उपाध्यक्षमा चुनिए ।

अखिलको कमिटीमा आवद्ध भएपछि जोशिले सक्रियरुपमा विद्यार्थीका मुद्दा उठाए । उनी दिनप्रतिदिन आमविद्यार्थीमाझ लोकप्रिय हुँदै गए । र, कमिटीले अध्यक्षले समेत उनलाई कार्यबाहक अध्यक्षको जिम्मा दिए ।

कुशलतापूर्वक संगठनको काम गरिरहेका उनी काठमाडौंको अमृत साइन्स क्याम्पसमा आए । जहाँ विद्यार्थी संगठनभित्र चरम गुटबन्दी थियो । त्यसलाई चिर्दै उनी निरन्तर अघि बढे । प्रतिस्पर्धी संगठनसँगै आफ्नै भनौंदाहरुको घेराबन्दीलाई पार गर्दै उनले विद्यार्थीको आवाजलाई निरन्तर बुलन्द गरिरहे ।
संघर्षका क्रममा उनले विपक्षीको आक्रमण सहनुपर्यो, जेलनेल खप्नुपर्यो तर कहिल्यै हतास भएनन् । निरन्तरको संघर्षका बाबजुत उनी अमृत साइन्स क्या्मपसको अध्यक्ष बन्न सफल भए ।

क्याम्पसका अखिलको नेतृत्व पाएपछि उनले थुप्रै सुधारका काम गरे । होस्टेलको गुण्डाराज अन्त्य गर्नेदेखि कलेजमा ल्याब निर्माण गर्नेसम्ममा उनको प्रमुख भूमिका रह्यो ।

अहिले केन्द्रीय सदस्यहु्ँदै अखिलको स्थायी कमिटीमा निर्वाचित जोशी आसन्न स्वावियु निर्वाचनका लागि अमृत साइन्स क्याम्पसमा सभापतिका उम्मेदवार हुन् । उनी अस्कल क्याम्पसको मुहार फेर्न भन्दै अहिले चुनावी मैदानमा लागिपरेका छन् ।

क्याम्पस प्रशासनसमेत हराउन लागि परेको स्थिति भए पनि आफू निर्वाचत हुनेमा जोशी ढुक्क छन् । यहाँ अनेरास्ववियुविरुद्ध क्रान्तिकारीले राप्रपादेखि समाजवादीसम्म गठबन्धन गरेको छ ।

 

सम्बन्धित खबरहरु