काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ । आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा पनि जाने निर्णय गरेको छ । प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार संसदमा विश्वासको मत लिदैँ हुनुहुन्छ । सरकारले संविधानको रक्षा, विकास र समृद्धि, स्थिरतालाई केन्द्रमा राखेर काम गर्ने अपेक्षा पनि गरेको छ ।

सोहीकारण प्रचण्डलाई समर्थन गर्ने निर्णय गरेको हो । अब संसदमा कांग्रेस प्रतिपक्षबाट सत्ता पक्षीय बेञ्चमा सर्नेछ । सरकारमा कसलाई पठाउने भन्ने विषयमा पनि पार्टीले छलफल थालेको छ ।

सम्बन्धित खबरहरु