काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रिय स्वतन्त्र पार्टीले पनि विश्वासको मत दिने भएको छ । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको आइतबार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

रास्वपा सांसद सोबिता गौतमका अनुसार यसअघी प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मतलाई निरन्तरता दिने निर्णय पार्टीले गरेको छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ ले भोलि (सोमबार) प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका छन् । रास्वपाले त्यसबारे निर्णय लिनका लागि आज बैठक बोलाएको थियो । रास्वपाबाट प्रतिनिधिसभामा १९ सांसदको प्रतिनिधित्व रहेको छ ।

सम्बन्धित खबरहरु