काठमाडौं । मुख्यमन्त्री कार्यालय नजिकै प्रदर्शन गर्ने चार जना पक्राउ परेका छन् । प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै विराटनगरमा प्रदर्शन भइरहेको छ ।

त्यहाँको निषेधित क्षेत्र तोडेर मुख्यमन्त्री कार्यालय नजिकै प्रदर्शन गर्ने चार जना समातिएका हुन् । कोशी प्रदेशको नाम पुन: नामकरण गर्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले प्रदर्शन गरेको हो ।

त्यसपछि उनीहरुलाई पक्राउ गरिएको हो । भिड नियन्त्रण गर्न प्रहरीले एक दर्जन अश्रुग्यास र तीन राउन्ड हवाई फायरसमेत गर्यो । प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नाम कोशी राखेको छ ।

सम्बन्धित खबरहरु