पर्वत । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारले रासायनीक मलको मूल्य बृद्धि गरेपछि किसानहरु आन्दोलित बनेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले किसानहरुले प्रयोग गर्ने रासायनीक मलको मूल्यमा अत्याधिक बृद्धि गरेपछि किसानहरुले साँझ पर्वतको कुश्मा बजारमा राँके जुलुस प्रदर्शन गरेका हुन् ।
नेकपा एमाले निकट किसान महासंघको नेतृत्वमा जिल्ला पाटी कार्यालय मैत्री चोकबाट शुरु भएको जुलुस धनेश्वर चोक हुँदै शिवालय चोकमा पुगेर कोण सभामा विर्सजन भएको थियो ।
कोण सभामा बोल्दै एमाले उपाध्यक्ष पदमपाणी शर्माले वर्तमान सरकारले किसानको हक हित स्थापित गर्नुको साटो विदेशीको शरणमा परेर मूल्यबृद्धि गरेको आरोप लगाउनुभयो ।
उहाँले सरकारले गरेको मूल्यबृद्धि तत्काल फिर्ता लिन माग गर्दै किसानमारा सरकारले देशको भलो नगर्ने कुरा उल्लेख गर्नुभयो । कोण सभाको सञ्चालन गर्दै किसान नेता सृजन पौडेलले किसानको घाँटी रेट्ने सरकारले तत्काल राजीनामा दिनुपर्ने माग गर्नुभएको थियो ।