काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जंगबहादुरको संज्ञा दिनुभएको छ ।

सोमबार नयाँ बानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकमा ओलीले यस्तो बताउनुभएको हो । “लेफ्टहरू मिल्नु हुन्न भनेर सिकाइरहनुभएको छ । उहाँ जुनको अध्यक्ष हुनुहुन्छ, त्यो पार्टीका उहाँबाहेक अरूमा केही दोष छैन । प्रधानमन्त्री जंगबहादुर शैलीमा, उहाँले जे भन्यो त्यही हुन्छ । बोल्न पनि दिनु हुन्न । बोलेझैँ गरे त्यसको पत्ता साफ हुन्छ,” ओलीले भन्नुभयो ।

आफूले प्रधानमन्त्री बनाएको भोलिपल्टैदेखि प्रचण्डले इमान छाडेको आरोप पनि उहाँले लगाउनुभयो । चुनावी तालमेलको सरकार बनाउन नचाहेको र वामपन्थी सरकार ढालेर दक्षिणपन्थीसँग ‘गला जोडेको’ उहाँको आरोप छ ।

“प्रधानमन्त्री हुनुथ्यो । प्रधानमन्त्री भएको भोलिबाट इमान छाड्नुभयो । बेइमानी सुरु गर्नुभयो,” ओलीले आरोप लगाउनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु