काठमाडौं । कार्यकारी निर्देशकको राजीनामासहित ६ बुँदे माग राख्दै सिभिल (निजामती कर्मचारी) अस्पतालका कर्मचारी चारदिनदेखि आन्दोलनमा उत्रिएका छन् ।

अस्पतालका निजामती कर्मचारी संघ, प्रगतिशील जनस्वास्थ्यकर्मी संघ र डाक्टर एसोसिएसनका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनको चौथो दिन सोमबार उनीहरूले कार्यकारी निर्देशक, प्रशासन प्रमुखको कार्यकक्षमा ताला लगाएका छन् ।

अस्पतालको दैनिक कामकाज र सेवा प्रभावित नहुनेगरी आफूहरू दैनिक १५ मिनेट धर्नामा बसेको र मंगलबारदेखि रिले अनसनसमेत सुरु गर्ने अस्पताल कर्मचारी संघका अध्यक्ष सन्तोष धिमालले जनबोलीलाई जानकारी दिनुभयो ।

आन्दोलनरत कर्मचारीहरुले कार्यकारी निर्देशकले राजीनामा दिनुपर्ने, पदपूर्तिका लागि खोलिएका विज्ञापन तत्काल खारेज गर्नुपर्ने, अदालतको फैसला बमोजिम चिकित्सक र कर्मचारीको स्थायित्व सुनिश्चित गर्नुपर्ने माग राखेका छन् ।

फेसबुकमा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । Follow मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

साथै विनियमावली संशोधन गरी कर्मचारीको तहगत बढुवा गर्नुपर्ने , रिक्त दरबन्दीमा नयाँ ओ एण्ड एम गरेर मात्रै विज्ञापन खोल्नुपर्ने र दैनिक ज्यालादारी र सेसनमा नयाँ नियुक्ति बन्द गर्नुपर्ने माग राखेका छन् ।

आफ्ना मागहरु सुनुवाई नभएका कारण कार्यकारी निर्देशकले राजीनामा दिनुपर्ने माग गर्न बाध्य भएको एक कर्मचारीले बताउनुभयो । कार्यकारी निर्देशकले आफूखुशी आफ्ना मान्छे भर्ति गर्न भर्ति केन्द्र बनाउँन खोजेको उहाँको आरोप छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=071i8-48odM

सम्बन्धित खबरहरु