काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई धम्की मिलेको छ । अभिनेता खानको कार्यालयमा इमेल पठाएर धम्की दिइएको हो । सोही घटनामा मुम्बई प्रहरीले ग्याङगस्टर लरेन्स बिश्नोई र गोल्डी ब्रार र एक अन्य विरुद्ध एफआईआर दर्ता गरेको छ ।

जानकारी अनुसार इमेल पठाएर हिन्दीमा लेखिएको छ, ‘गोल्डी भाइ (गोल्डी ब्रार) सलमान खानसँग आमनेसामने बसेर कुरा गर्न चाहन्छन् ।’ लरेन्स बिश्नोई र गोल्डी ब्रार बाहेक रोहित नामका व्यक्ति विरुद्ध पनि एफआईआर दर्ता गरिएको छ । पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्यामा संलग्न लरेन्स बिश्नोई र गोल्डी ब्रार पञ्जाबको भटिन्डा जेलमा बन्द छन् ।

यो उजुरी प्रशान्त गुञ्जालकरले बान्द्रा प्रहरीमा दर्ता गराएका हुन् । प्रहरीका अनुसार गुञ्जालकर बान्द्रास्थित सलमान खानको घरमा बारम्बार आउने गरेका छन् । उनले कलाकारसँग जोडिएको एउटा व्यवस्थापन कम्पनी चलाउँदै आएका छन् ।

एफआईआरलाई उद्धृत गर्दै, अधिकारीले भने, ‘जब गुञ्जालकर शनिबार दिउँसो ग्यालेक्सी अपार्टमेन्टमा सलमान खानको कार्यालयमा थिए, उनले रोहित गर्गको आईडीबाट एउटा इमेल देखे । उक्त इमेलमा हिन्दीमा लेखिएको थियो–सलमान खानले लरेन्स बिश्नोईको हालैको एउटा न्यूज च्यानललाई दिएको अन्तर्वार्ता अवश्य हेर्नुभएको होला, होइन भने हेर्नु होला ।’

त्यसको छेउमा लेखिएको थियो, ‘यदि सलमान खान यो कुरा बन्द गर्न चाहन्छन् भने उनले गोल्डी भाइ (गोल्ड बरार) सँग आमनेसामने बसेर कुरा गर्नुपर्छ ।’ यसअघि जुन २०२२ मा पनि एक अज्ञात व्यक्तिले सलमान खानलाई धम्की दिएका थिए । यो धम्कीसँगै खानको सुरक्षा कडा पारिएको छ ।

सम्बन्धित खबरहरु