काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले जनता समाजवादी पार्टी (जसपा) बाट दिनुभएको राजीनामा स्वीकृत भएको छ ।

जसपाका कार्यकारिणी समिति सदस्य रहनुभएका यादवले यही चैत ३ गतेदेखि लागू हुनेगरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी पदबाट राजीनामा दिनुभएको थियो ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले आज उहाँको राजीनामा स्वीकृत गरेको सो पार्टीका प्रवक्ता मनीष सुमनले जानकारी दिनुभयो ।

चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित हुनुभएका यादवले आज उपराष्ट्रपतिको पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

सम्बन्धित खबरहरु