काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान गठबन्धन र सरकार विधि र प्रक्रिया अन्तर्गत नै अघि बढेको जवाफ दिनुभएको छ ।

सोमबार प्रतिनिधि सभा बैठकमा आफूले पेस गरेको विश्वासको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले गठबन्धन गरेर लोकतन्त्रको नयाँ अभ्यास गरिरहेको भन्दै नेकपा विभाजन र संसद विघटनको गम्भीर समीक्षा गर्न एमाले अध्यक्ष केपी ओलीलाई चुनौती दिनुभयो ।

उहाँले गठबन्धन बदलेकोबारे एमाले उपाध्यक्ष विष्णु पौडेलले जवाफ मागेको भन्दै पौडेल आफैं उपप्रधानमन्त्री भएकाले जवाफ दिन आग्रह गर्नुभयो । पुस १० को गठबन्धन बनाउन एमालेले नै बोलाएकाले नै आफू खोज्दै त्यहाँ नगएको पनि बताउनुभयो ।

फेसबुकमा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । Follow मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

‘म यतै बल गर्दै थिए, म खोज्दै गएको भन्ने सत्य होइन’, प्रचण्डले भन्नुभयो, ‘कांग्रेसलाई के के भन्नुभयो, बाइ द वे म गएँ ।’ प्रधानमन्त्री प्रचण्डले आफूले केपी ओलीलाई दुई पटक प्रधानमन्त्री बनाएको पनि स्मरण गराउनुभयो ।

‘मैले तपाईलाई दुईचोटी प्रधानमन्त्री बनाएको थिएँ, तपाईले मलाई ब्याज दिनुपर्ने थियो, ऋण तिर्नुपर्ने थियो । तपाईले तिर्नुभयो । एउटा त तिर्नुभयो अझै एउटा बाँकी छ हिसाब राख्नुस्’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

उहाँले अराजक ढंगले अघि बढेको भन्न नमिल्ने पनि बताउनुभयो । ‘हामी विधि र संविधान अन्तर्गत नै अघि बढेका छौ’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘शान्ति सम्झौताभित्रै रहेर यहाँसम्म आएका छौ ।

राष्ट्रको हित र शान्तिका लागि हो ।’ उहाँले संविधान निर्माणपछि विचार मिल्ने दलहरु एक भएर अघि बढ्न सके विकास निर्माण र सम्मृद्धिले गति लिने अपेक्षासहित आफै प्रस्तावक भएर निर्वाचनमा गएको बताउनुभयो । तर त्यो प्रस्ताव जनता र कार्यकर्ताबाट अनुमोदित भएपनि नेताको तहबाट अनुमोदित हुन नसकेको उहाँको भनाई थियो ।

‘जनताले अनुमोदित गरे, कार्यकर्ताले अनुमोदित गरे, ठुलो आशाको सञ्चार भयो देशभर तर हामीले तीन बर्ष टिकाउन सकेनौ’, प्रधानमन्त्री प्रचण्डले तत्कालीन नेकपा विभाजन र संसदको पटकपटक विघटनबारे समीक्षा गर्नुपर्ने बताउनुभयो ।

‘त्यसको समीक्षा गर्नुपर्दैन ? एकले अर्कालाई दोषरोपण र कुर्तक गरेर हुँदैन । हामीसँगको केन्द्रीय सरकार र प्रदेश सरकार किन गुम्यो ? यो समीक्षा नगरी पानीमाथिको ओभानो बन्न मिल्दैन’ प्रचण्डको भनाइ छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=071i8-48odM

सम्बन्धित खबरहरु