काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह यति बेला थाइल्यान्डमा छिन् । उनी बिदा मनाउन थाइल्यान्डको राजधानी बैंककमा पुगेकी हुन् ।

थाइल्याण्ड पुगेपछि साम्राज्ञीले त्यहाँको थुप्रै तस्बिर आफ्ना सामाजिक सञ्जालमा पोस्ट गरिरहेकी छिन् ।

उनले त्यहाँ घुमेको, खाएको र समुद्रमा मस्ती गरिरहेको फोटो सामाजिक सञ्जालमा राखेकी छिन् । तीमध्ये बिकिनी लगाएर समुद्रका टापुको अवलोकन गरिरहेको फोटो विशेष चर्चामा छ ।

ती तस्बिरमा धेरैले उनी निकै राम्री देखिएको बताइरहेका छन्, कतिले रमाइलो गर्नु भनिरहेका छन् भने कतिलाई भने उनको तस्बिर चित्त बुझिरहेको छैन ।

सम्बन्धित खबरहरु