काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षाफल प्रकाशित गरेको छ ।
त्रिवि मानविकी तथा सामाजिक विज्ञान संकायले २०२० ब्याचको बीसीए (ब्याचलर इन कम्प्युटर एप्लिकेसन) दोस्रो सेमेस्टर परीक्षाको नतिजा प्रकाशित गरेको हो ।
सो परीक्षा जुन २०२२ मा सम्पन्न भएको थियो । साथै, त्रिविका अनुसार नतिजा मन नपरेका विद्यार्थीहरूले चैत्र २६, २०७९ भित्र पुनर्योगका लागि आवेदन दिन पाउनेछन् ।