नेपालगञ्ज, २१ माघ । विप्लव नेतृत्वको नेकपा माओवादीले बाँकेको कोहलपुर नगरपालिकामा रहेको गोल्छा समूहको जग्गा कब्जा गरेको छ । नेपालगन्ज –कोहलपुर सडक खण्डमा पर्ने जमिन गोल्छा उद्योगका नाममा रहे पनि १२ बिघा जग्गा माओवादीका जिल्ला सेक्रेटरी मानबहादुर रोकाय ‘शक्ति’ को नेतृत्वमा रहेको टोलीले कब्जा गरेको भन्दै झन्डा र व्यानर राखेको प्रहरीले जनाएको छ । ‘उद्योगका नाममा दर्ता गरिएको जग्गामा उद्योग सञ्चालन गरी हजारौं मजदुरलाई रोजगारी सिर्जना गर्नुको सट्टा जमिन खण्डिकरण गरी दलाल पुँजीवादीको विकासमा तीव्रता दिएको’ उल्लेख भएको पाटीृको व्यानर गाडेर जग्गा कब्जा गरिएको हो । सेक्रेटरी रोकायाले जग्गा कब्जाको घोषणापछि उद्योगको नामको जमिनमा उद्योग नै स्थापना गर्नुपर्नेमा त्यसो नगरिएकाले कब्जा गरिएको बताए । यसअघि पनि विप्लव माओवादीले यसैगरी जग्गा कब्जा गरेको थियो ,आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
विप्लव माओवादीविप्लव माओवादीले फेरि कब्जा गर्यो १२ बिघा जमिन
जनबोली न्यूज नेटवर्क
बुधबार २१ माघ, २०७१
पढ्न लाग्ने समय: < 1 minute