काठमाडौं । शारीरिक सम्बन्ध एकदमै आत्मीय र गुपचुप हुन्छ । यो खुला वा सबैका सामु गर्ने काम त होइन तर यसबारे हाम्रो समाजमा कुरा गर्न समेत मानिस हिच्किचाउँछन् । तर पनि अहिले विस्तारै मानिस जागरुक हुँदैछन् ।

यसबारे एकआपसमा छलफल गर्ने र संचारमाध्यमबाट ज्ञान लिने क्रम बढिरहेको छ । जो एकदमै जरुरी पनि छ । शारीरिक सम्पर्क सम्बन्धी ज्ञानले विभिन्न रोगबाट बच्न सहयोग समेत पुग्छ ।

त्यसैले आज कुरा गरौं शारीरिक सम्पर्क अघि र पछि पिसाब फेर्नु कति महत्वपूर्ण छ भन्ने बारेमा ।

शारीरिक सम्बन्ध अघि किन फेर्ने पिसाब

यसको सिधा सम्पर्क भनेको पिसाब थैलीलाई खाली गर्नुसँग छ । नेशनल कोलिशन फर सेक्सुअल हेल्थको एक रिपोर्टअनुसार शारीरिक सम्बन्ध बनाउनुभन्दा पहिला पिसाब फेर्नु महिलाका लागि एकदमै फाइदाजनक हुन्छ ।

यसबाट पिसाब थैलीमा अत्यधिक दबाब सिर्जना हुनबाट बच्नुका साथै सम्बन्धका बेला हुने चरम सुखको क्षमतामा पनि वृद्धि हुन्छ । शारीरिक सम्बन्धको चरम अवस्थामा पुग्दा पिसाब थैलीमा दबाब पर्छ । जसले गर्दा ध्यान त्यतै मोडिन्छ र आनन्द कम हुन्छ । त्यसैले यौनसम्बन्ध राख्नु अघि सधैं पिसाब फेर्ने गर्नुहोस् ।

शारीरिक सम्बन्धपछि किन फेर्ने पिसाब

यसका पछाडि कैयौं विशेषज्ञका फरक(फरक विचार छन् । तर सबैको भनाईं यही छ कि शारीरिक सम्बन्धपछि पिसाब फेर्नु एकदमै फाइदाजनक हुन्छ । यसकापछि धेरै कारण छन् जसलाई हामी व्याख्या गर्नेछौं ।

युटीआईबाट बच्न

सबैभन्दा पहिलो कारण सम्बन्ध पछि पिसाब फेर्दा युटीआईको समस्याबाट बच्न सकिन्छ । शारीरिक सम्बन्ध बनाइसकेपछि पिसाब फेर्नाले धेरै हदसम्म ब्याक्टेरिया बाहिर जान्छन् जसले गर्दा पिसाब सम्बन्धी संक्रमणको जोखिम कम हुन्छ ।

स्वास्थ्यका लागि

पुरुषको अंगबाट स्पर्मका साथसाथै पिसाब पनि निस्किएको हुन्छ यस्तोमा त्यसलाई बाहिर निकाल्नु फाइदाजनक हुन्छ । पुरुषको तुलनामा महिलाको यौनांगलाई धेरै सरसफाईको आवश्यकता पर्दछ ।

एसटीआईबाट बच्न

यूटिआईबाट बच्न मात्र होइन सेक्सुअली ट्रान्समिटेड डिजिज (एसटीआई) बाट बच्नका लागि पनि पिसाब फेर्नु आवश्यक हुन्छ । यो त्यस्तै समस्या हो जो युटीआईमा हुने गर्दछ ।

खासगरी महिलाको पिसाबनली पुरुषको तुलनामा एकदमै छोटो हुन्छ त्यसैले ब्याक्टेरिया सजिलैसँग पिसाब थैलीमा पुग्ने सम्भावना हुन्छ । यस्तोमा शारीरिक सम्बन्धपछि पिसाब फेर्नु एकदमै राम्रो मानिन्छ । पिसाब फेर्दैमा कुनै पनि प्रकारको संक्रमण हुँदैन भन्ने त होइन । तर यसो गर्दा संक्रमणको जोखिम केही कम भने अवस्य हुन्छ ।

 

सम्बन्धित खबरहरु