काठमाडौं । युक्रेनको रक्षा मन्त्रालयले रुसको कब्जामा रहेको क्रिमियाको उत्तरी भागमा भएको विष्फोटमा रेलबाट ल्याइएको रुसी मिसाइल ध्वस्त भएको जनाएको छ । रुसद्धारा नियुक्त जान्कोइ सहरका प्रमुख इहोर इभिनले उक्त क्षेत्रमा ड्रोनबाट आक्रमण भएको कुरा पुष्टि गरेका छन् ।

युक्रेनले विष्फोटको बारेमा जानकारी दियो, तर यी आक्रमणहरू कसले गर्यो भन्ने कुरा खुलाएको छैन् । यदि पुष्टि भयो भने, रूसले २०१४ मा क्रिमियालाई गाभेपछि युक्रेनी सेनाले गरेको यो पहिलो यस्तो आक्रमण हुनेछ ।

युक्रेनको रक्षा मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘विस्फोटका माध्यमबाट रुसको निशस्त्रीकरण जारी छ र युक्रेनको क्रिमिया प्रायद्वीपलाई मुक्त गर्ने प्रक्रिया सुरु हुँदैछ ।’ युक्रेनले यी क्षेप्यास्त्रहरू ब्ल्याक सीमा रसियाको फ्लीटमा प्रयोग गरिने बताएको छ ।

रुसी अधिकारी इभिनले ३३ वर्षीय व्यक्ति ड्रोनबाट घाइते भएको बताउँदै उनलाई अस्पताल लगिएको जानकारी गराए । यद्यपी उनले कुनै सैन्य अखडा निशाना भए वा नभएकोबारे कुनै जानकारी दिएनन् । इभिनका अनुसार धेरै भवनहरूमा आगो लागेको र पावर ग्रिडहरू क्षतिग्रस्त भएका छन् ।

यसअघि गत वर्ष अक्टोबरमा रुसले युक्रेनले ड्रोन आक्रमण गरेको आरोप लगाएको थियो । त्यतिबेला रुसले बन्दरगाह सहर सेवास्तोपोलमा युक्रेनले गरेको ९ ड्रोन आक्रमणबाट युद्धपोतमा क्षति पुगेको बताएको थियो । तर, युक्रेनले उक्त आक्रमणको जिम्मेवारी लिएन ।

सम्बन्धित खबरहरु