काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य एक लाख ९ हजार आठ सय रुपैयाँ तोकिएको छ । तेजावी सुनको मूल्य एक लाख ९ हजार तीन सय छ ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १३ सय ४० रुपैयाँ तोकिएको छ ।

सोमबार छापावाल सुनको मूल्य एक लाख ९ हजार ३ सय, तेजावी सुनको मूल्य एक लाख ८ हजार ८ सय । चाँदीको मूल्य १३ सय ३० रुपैयाँ कायम भएको थियो ।

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । आज नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ १ सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै, आज डलरको खरिद दर १३१ रुपैयाँ ९२ पैसा र बिक्री दर १३२ रुपैयाँ ५२ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ १३ पैसा र बिक्री दर १४१ रुपैयाँ ७७ पैसा रहेको छ।

यस्तैगरी बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ २२ पैसा र बिक्री दर १६१ रुपैयाँ ९५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०४ पैसा र बिक्री दर ३६ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

सम्बन्धित खबरहरु