काठमाडौं । गायक शिव परियारले ‘धोकेबाज हौ तिमी’ गीतको विवादबारे बोल्नु भएको छ ।

आफूले जस लिन खोजिरहेको भन्ने विवादमा औपचारिक बयान दिनु भएको हो । सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार विज्ञप्ति जारी गर्दै उहाँले यसबारे बोल्नु भएको हो ।

उहाँले धोकेबाज हौ तिमी गीतका बारेमा पछिल्लो समय संचारमाध्यममा आएका समाचारलाई बनिबनाउँ भन्दै लेख्नु भएको छ, ‘पहिला कस्ले गाएको ? पछि कस्ले गाएको ? भन्ने बनि बनाउँ कन्ट्रोभर्सि खबरबाट मेरा सबैजना प्रीय शुभचिन्तकहरु कृपया सावधान र सतर्क रहिदिन बिनम्र अनुरोध गर्दछ ।’

उहाँका अनुसार धोकेबाज हौ तिमी गीतका 'आधिकारिक स्रष्टा/सङ्गीतकार' सुबास कार्की हुनुहुन्छ । कार्कीले आधिकारिक रुपमा मेल, फिमेल र चाईल्ड गरेर तीन वटा भर्सनमा यो गीत बजारमा ल्याउनु भएको हो ।

परियारले अगाडि भन्नु भएको छ, ‘यसमा स्वर दिने कुनै पनि गायक गायिकाले यो गीत मेरो मात्र हो, अरुको होईन भन्ने अभिव्यक्ति कतै लेखेको वा दिएको अवस्था पनि होईन छैन र चोरी चकारि वा कभर गरेर हामी कसैले गाएको पनि हैनौं ।’

उहाँका अनुसार तीन वटा भर्सनमा आफ्नो स्वर दिएर गाउँने गायक गायिका नै यस गीतका आधिकारिक गायक गायिका हुन् । यसमा विवाद नगर्न सुभचिन्तक संगीतप्रेमी सबैमा अपिल समेत गर्नुभएको छ ।

सम्बन्धित खबरहरु