काठमाडौं । टोखा नगरपालिका-११ गोंगबु मनमैजु पुलबाट अन्दाजी साढे २ केजी तौल भएको दुर्लभ वन्यजन्तु सालकको खपेटासहित रामेछाप घर भएकी ३४ वर्षीया सन्तोषी श्रेष्ठलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले श्रेष्ठले संचालन गरेको एस एस फेन्सी कलेक्सनबाट उक्त तौलको सालकको खपेटा र २० हजार रूपैयाँ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बनधमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

भरूवा बन्दुकसहित एक जना पक्राउ
नुवाकोट । किस्पाङ गाउँपालिका-२ गोकर्ण बस्ने ३८ वर्षीय सन्त बहादुर तामाङलाई भरूवा बन्दुक १ थानसहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी फिकुरेबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बनधमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित खबरहरु