काठमाडौं । दिग्गज बलिउड अभिनेत्री तथा राजनीतिज्ञ किरण खेर कोरोनाको चपेटामा परेकी छन् ।

किरण आफैले सामाजिक सञ्जाल खातामार्फत जानकारी दिएकी हुन् । २० मार्चमा ट्वीट गर्दै किरणले लेखेकी छिन्, ‘मेरो कोरोना परीक्षण पोजेटिभ आएको छ ।

यस्तो अवस्थामा मेरो सम्पर्कमा आएकाले आफ्नो कोरोना परीक्षण गराउनुपर्छ ।’ उनलाई कोरोना भएको खबर आएपछि फ्यान चिन्तामा छन् र सामाजिक सञ्जालमा स्वास्थ्य लाभको कामना गरिरहेका छन् । एक प्रयोगकर्ताले लेखे, ‘तिमी जतिसक्दो चाँडो निको हुन्छौ ।’

अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘किरण जी कृपया आफ्नो राम्रो ख्याल राख्नुहोस् ।’ अभिनेत्री खेरलाई ब्लड क्यान्सर (मल्टिपल माइलोमा) भएको थियो । यसबारे अप्रिल १, २०२१ मा जानकारी गराइएको थियो ।

त्यसपछि अनुपम खेरले छोरा सिकन्दर र आफ्नो तर्फबाट आधिकारिक बयान जारी गरेका हुन् । अहिले किरण समयमै उपचार पाएपछि यो रोगबाट निको भएकी छिन् ।

क्यान्सरसँग लडाइँ जितेर किरण खेर रियालिटी शो ‘इन्डियाज गट ट्यालेन्ट’ मा जजको भूमिकामा देखिइन् । केही वर्षअघि सामाजिक सञ्जालमा किरणको मृत्युको झुटो खबर पनि भाइरल भएको थियो ।

त्यसको खण्डन गर्दै अनुपमले एक विज्ञप्तिमा भने, ‘किरणको स्वास्थ्यलाई लिएर चलिरहेका सबै समाचार पूर्णतया गलत छन् । किरण एकदम ठिक छ । यस्ता नकारात्मक समाचार नफैलाउन म अनुरोध गर्दछु ।

धन्यवाद, सुरक्षित रहनुहोस् ।’ गत वर्ष एक अन्तर्वार्तामा अनुपम खेरले किरण निको भएको बारेमा खुलेर कुरा गरेका थिए । त्यस क्रममा उनले किरण, ब्लड क्यान्सरबाट निको हुनु आफ्नो लागि सबैभन्दा ठूलो जित भएको बताएका थिए ।

सम्बन्धित खबरहरु